Logo

डोजरका सह–चालक नदीमा मृत भेटिए



गोरखा, २५ फागुन । मंगलबारदेखि बेपत्ता भएका गोरखाका विकास भट्ट मृत फेला परेका छन् । गोरखा नपा–१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका २२ वर्षीय भट्टको शव आज बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ ।

भीमसेन थापा गाउँपालिका–१ का भट्ट डोजरको सह–अपरेटरको काम गर्दै आएका थिए । उनी मंगलबारदेखि बेपत्ता भएका थिए । उनको नदी किनारमा लुगा, चप्पल, मोवाइल र पैसासमेत प्रहरीले फेला पारेको छ । भट्ट पौडी खेल्न नदीमा हाम फालेको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot