काठमाडौं, २५ फागुन । अहिलेसम्म नेपालमा १४ वर्ष पुरा भएपछि मात्र माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने व्यवस्था थियो । १४ वर्ष उमेर पुगेकाले मात्र एसईई परीक्षामा सहभागी हुन पाइने प्रावधान रहेकोमा यो वर्षदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने भएको हो ।
तर यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई भने उमेर हद लाग्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अब १२ कक्षालाई एसईईको मान्यता दिएर उमेर हद लागु गर्ने तर १० कक्षामा भने हटाएको जनाएको छ ।