काठमाडौं, २५ फागुन ।गत फागुन १२ गते बिभिन्न राजनीतिक दल तथा भातृ संगठनहरुको आयोजनामा भएको एमसीसी बिरोध कार्यक्रममा सहभागी भएका हेमराज अवस्थी अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रहरीले आज एक विज्ञप्ती जारी गर्दै अवस्थी अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको हो ।
डडेलधुरा नवदुर्गा गा.पा ५ सिरोला घर भई हाल जिल्ला ललितपुर टिकाथली बस्ने बर्ष ३० को अवस्थी ४ बजे समयमा नयाँ बानेश्वर इलाकामा घाइते भएको थिए र प्रहरीले तत्कालै उद्दार गरी एभरेष्ट हस्पिटल, नयाँ बानेश्वरमा उपचारको लागि पुर्याएको थियो ।
प्राथमिक उपचार पश्चात निजलाई एभरेष्ट हस्पिटल, नयाँ बानेश्वरबाट थप उपचारको लागि नेशनल ट्रमा सेन्टर बीर अस्पताल लगिएकोमा तहाँबाटसमेत थप उपचारको लागि १७ः४५ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा लगी उपचार गरिएको प्रहरीले जनाएको छ ।
उनको उपचारको लागि तत्कालै ‘O’ Negative Blood आवश्यक परेकोले प्रहरी गण नं. १ नक्साल, प्रहरी जवान सामिनाथ यादवले रक्तदान समेत गरी उनकोे उपचार भएको र गत २४ गते अन्नपूर्ण न्यूरो अस्पतालबाट अवस्थी उपचार पश्चात डिश्चात भएको प्रहरीले जनाएको छ ।