काठमाडौं, २५ फागुन । कामना सेवा विकास बैंकले सेनेटरी प्याड वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क प्याड वितरण गरेको हो ।
बैंकले पहिलो पाइला नेपालको सहकार्यमा बैंकले उक्त कार्यक्रम गरेको हो । नवलपरासी सुनवलस्थित सुनवल माध्यामिकका विद्यार्थी र कास्की पुरुन्चौरका महिला समूहलाई निःशुल्क सेनेटरी प्याड वितरण गरेको जनाएको छ ।
बैंकको अनुसार महिला तथा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, यौनसंग सम्बन्धित विषयहरुको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । महिनावारीका प्याडको उचित प्रयोग जागरूकताको लागि यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बैंकका कर्मचारी, पहिलो पाइला नेपालका प्रतिनिधिहरू लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।