Logo

अब स्नातक उत्तीर्ण इन्जिनियरहरुलाई लोकसेवामा सातौ तह कायम



काठमाडौं, २५ फागुन । बाग्मती प्रदेश सरकारले स्नातक उत्तीर्ण इन्जिनियरहरुलाई निजामति सेवा प्रवेशमा सातौ तह कामय गर्ने भएको छ ।

लोकसेवा आयोगले जारी गरेको विज्ञापनमा स्नातक उत्तीर्ण इन्जिनियरहरुलाई छैठौ तहमा आह्वान गरेकोमा आपत्ति जनाउँदै सातौ तह कायम गर्न नेपाल इन्जिनियर्स एसोसिएसनले प्रदेशलाई ध्यानाकर्षण गराएको थियो ।

बाग्मती प्रदेशले लोकसेवा आयोगसँग सल्लाह गरेपछि प्रदेश निजामती सेवा विधेयकमा सातौ तह कायम गर्ने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्