Logo

पल शाहले गैंडाकोटमा सरकारी वकिललाई दिए बयान



काठमाडौं, २५ फागुन । बलात्कारको आरोप लागेका अभिनेता पल शाह यति बेला प्रहरीको हिरासतमा छन् । शाहले आज गैंडाकोटस्थित सरकारी वकिल समक्ष बयान दिएका हुन् । मंगलबार शाहलाई तनहुँबाट गैंडाकोट बयान दिनको लागि पुर्याइएको थियो ।

शाहलाई अनुसन्धानको लागि यस अघिपनि गैंडाकोट पुर्याइएको थियो । बलात्कारको उजुरी गैंडाकोटको प्रहरी कार्यालयमा परेका हुनाले अनुसन्धानको लागि उता लगिएको हो । अब शाहमाथि एक हप्ता राखेर थप अनुसन्धान अघि बढाइने जनाइएको छ ।

पल शाहलाई घटनाको अनुसन्धान सकिएपछि तनहुँमै पठाइने भएको छ । पल शाहमाथि एक नाबालिगले आफुलाई बलात्कार गरेको अभिेयोगमा २ साताअघि तनहुँ प्रहरीमा जाहेरी दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot