Logo

नेपाल कमर्स क्याम्पसको अनियमितता छानबिन गर्न नेविसंघको माग



काठमाडौं, २६ फागुन । नेपाल कमर्स क्याम्पस मिनभवनले शैक्षिक भ्रमण गराउने क्रममा अनिमितता भएको आरोप विद्यार्थीहरुले लगाएका छन् । नेपाल विद्यार्थी संघ मिनभवन ईकाई समितिले क्याम्पसको प्रशासनमा शैक्षिक भ्रमणको नाममा गैरविद्यार्थी समासेश गरेर अनियमितता गरेको भन्दै छानबिन गरी कारवाही गर्न माग गर्दै निबेदन दर्ता गराएका छन् ।

निवेदनमा बिबिए ८ औैं सेमिस्टारका विद्यार्थीहरुलाई गत पुस २७ र २८ गते ५ दिने शैक्षिक भ्रमण लैजाने क्रममा ९६ जना विद्यार्थी मध्ये ७४ जना विद्यार्थीमात्र भ्रमणमा सहभागी भएको कार्यबाहक सभापति विष्णुहरी खड्काले बताए ।

भ्रमणमा क्याम्पसका बिबिए डेपुटी निर्देशक खुशीराम आचार्यले ९६ जना सहभागी भएको भन्दै नक्कली हस्ताक्षर र बिल बनाएर १ लाख २० हजार रुपैयाँ अनियमितता गरेको ठहर खड्काले गरेका छन् । भ्रमणमा सहभागी भएका १२ जना नक्कली विद्यार्थीहरु को को हुन् भन्दै संघले तिनिहरुको समेत परिचय सार्वजनिक गरी कारवाही गर्न माग गरेको छ ।

संघले डिनको कार्यालय, रजिस्ट्रार कार्यालय, भि.सी कार्यालयलाई समेत निबेदन दिएको जनाएको छ । निर्देशक आचार्यले आफुहरुले कुनै पनि अनियमितता नगरेको बताएका छन् ।

साथै संघले कोभिड महामारीमा क्याम्पसले १७० वटा अनलाइन कक्षा नपढाइकनै प्रत्येक कक्षा ६९ हजारको दरले १ करोड १७ लाख ३० हजार रुपैयाँ क्याम्पस प्रमुख धुर्व सिलवाल, बिबिए डेपुटी निर्देशक आचार्य र लेखा प्रमुख बुद्धी कुमार दुअको मिलेमतोमा भुक्तानी लिइएको आरोप लगाउँदै आएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot