Logo

भ्रष्टाचार निवारणमा अख्तियारको भूमिका क्रियाशील हुनुपर्ने रायमाझीको सुझाव



काठमाडौं, २६ फागुन ।  राजनीतिक विश्लेषक तथा भ्रष्टाचारविरुद्धको अभियान्ता प्रकाश रायमाझीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचार निवारणमा अख्तियारको भूमिका क्रियाशील हुनुपर्ने सुझाव दिएका छन् ।

आयोगको कार्यालय पुगेर अभियन्ता रायमाझीले प्रमुख आयुक्त राईलाई यस्तो सुझाव दिएका हुन् । संवैधानिक अङ्गले निष्पक्ष र पारदर्शी रुपमा काम गर्दा कुनै किसिमको दुविधा राख्न नहुने उनको भनाई छ । अभियन्ता रायमाझीले सुशासनको प्रत्याभूति गराउन आयोगको सक्रियता बढाउनु पर्ने, सानातिना झीना मसिना भ्रष्टाचार भन्दा नीतिगत रूपमा हुने भ्रष्टाचारलाई अध्ययन र अनुसन्धान गर्न सरकारसँग सशंकित हुन नपर्ने समेत बताएका छन् ।

उक्त भेटमा प्रमुख आयुक्त राईले आफ्नो क्रियाशीलतामा कुनै किसिमको कमी नहुने आश्वासन दिए । संवैधानिक अङ्गका पदाधिकारी र ७ सय जनाको अकुत सम्पत्ति छानविनको लागि आयोगमा उजुरी परिसकेको छ।



प्रतिक्रिया दिनुहोस्