Logo

दोलखामा सुवेदी कल्याण प्रतिष्ठान गठन



दोलखा, २६ फागुन । दोलखामा पनि सुवेदी कल्याण प्रतिष्ठान गठन भएको छ । गत फागुन २२ गते सम्पन्न सुवेदी बन्धुहरुको भेलाले गुणराज सुवेदीको अध्यक्षतामा सुवेदी कल्याण प्रतिष्ठान गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा माधव प्रसाद सुवेदी, विन्दा सुवेदी,सचिव जगत प्रसाद सुवेदी,कोषाध्यक्ष मेनुका सुवेदी रहेका छन् । सदस्यहरुमा सिता केसी(सुवेदी)अर्जुन सुवेदी,लिला बहादुर सुवेदी,वेद बहादुर केसी,भीम प्रसाद सुवेदी रहेका छन् । वेद बहादुर केसी,इन्द्रप्रसाद सुवेदी,बालकृष्ण सुवेदी, रण बहादुर सुवेदी र कृष्ण प्रसाद सुवेदी सल्लाहकार समितिमा रहेका छन् ।

सुवेदी कल्याण प्रतिष्ठान केन्द्रीय कुलाधिपति ऋषी प्रसाद सुवेदीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा वागमती प्रदेश अध्यक्ष कृष्ण प्रसाद सुवेदी र कुल रक्षक माधव प्रसाद सुवेदीको विशेष आतिथ्यता रहेको थियो । देशभरीका सुवेदीहरूलाई एउटै मालामा गास्ने अभियान अन्तरगत दोलखामा पनि सुवेदी कल्याण प्रतिष्ठान गठन गरिएको समाजकी कोषाध्यक्ष मेनुका सुवेदीले बताए । दोलखा जिल्लामा १५ हजार सुवेदीहरु रहेको सुवेदी समाजको भनाइ छ ।

जसमध्ये ७० प्रतिशत भीमेश्वर नगरपालिकामा रहेका छन् । दोलखाका २ नगरपालिका र ७ गाउँपालिकाका विभिन्न स्थानमा सुवेदीहरुको बसोबास रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot