Logo

केजरीवालको जादू फैलँदा कँग्रेस आई खुम्चियो



एजेनसी, २६ फागुन । कुनैबेला झाडु लिएर भ्रष्टाचारविरुद्ध अभियानमा लागेका भारतका पूर्व कर्मचारी अरविन्द केजरिवालले राजनीतिमा यो उचाई लेलान् भन्ने कमैले अनुमान गरेका थिए । उनको भ्रष्टाचारविरुद्धको अभियानले तत्कालीन कँग्रेस आईको सरकार नै डगमगायो । उक्त घटनाले कँग्रेस आईलाई तल्लो तहसम्म धक्का लाग्यो ।

केजरिवालको कदमले दिल्ली र आसपासका राज्यहरुमा कँग्रेस आई कमजोर बन्यो । दिल्लीमा केजरिवालको जादू नै चल्यो । उनी विधानसभामा दिल्लीमा सन् २०१३ मा तत्कालीन मुख्यमन्त्री शिला दिक्षितलाई हराएर चर्चामा आए ।

उक्त चुनावमा कसैको पनि बहुमत आएन । केजरिवालले अल्पमतको सरकार बनाए । सन् २०१४ मा राजीनामा दिए । उक्त वर्ष केजरिवाल भाजपाले प्रधानमन्त्रीका लागि अगाडि सारेको नरेन्द्र मोदीसँग बनारसमा चुनाव डे । मोदीसँग ३ लाख ७० हजार मतान्तरले पराजित भए ।

केजरिवाल उक्त हारपछि सन् २०१५ को दिल्ली विधानसभा चुनावमा फर्किए । आम आदमी पार्टीले ७० मध्ये ६७ मा जित हासिल गर्यो । केजरिवालको जादू दिल्लीमा चल्यो । सन् २०२० मा पनि आपले भारी बहुमतका साथ जित्यो ।

आप विस्तारै दिल्लीबाहिर फैलन थाल्यो । केजरिवाल आफै सक्रिय भए । पञ्जाबमा आपको प्रभाव बढ्यो । किसान आन्दोलनमा आपले शक्ति देखायो । यसको असर २०२२ को विधान सभामा देखियो । आपले भारी बहुमत ल्याउने देखिएको छ । दिल्लीबाट आप पञ्जाबसम्म फैलिएको छ ।

गोवामा पनि आपले खाता खोल्ने देखिएको छ । भारतभर आप फैलिइरहँदा कँग्रेस आईलाई ठूलो धक्का लागेको छ । इतिहास बोकेको पार्टी कँग्रेस आई उत्तर प्रदेश र पञ्जाबमा खराब प्रदर्शन गर्न पुगेको छ । उत्तराखण्ड र मणिपुरमा समेत धक्का लागेको छ । गोवामा पनि उसको शक्ति गुमेको छ ।

जति जति केजरीवालको जादू फैलिइरहेको छ उति उति कँग्रेस आई कमजोर भएको छ । केजरीवालको आप फैलँदो छ । कँग्रेस आई खुम्चँदो छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot