Logo

ओलीलाई प्रदीपको जवाफ– चुनाव रंगले जितिने होइन, कर्मले जनमत लिन सक्नुपर्छ



काठमाडौं, २६ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले चुनाव रंगले जित्ने नभई आफूले गरेको कर्मको आधारमा जनमतबाट जित्ने प्रतिक्रिया दिएका छन्।

स्थानीय तह निर्वाचनमा मतपत्रमा चुनाव चिह्नलगायत हरियो रङको छाप्ने निर्वाचन आयोगको निर्णयलाई लिएर एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिलाई लिएर उनले ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

‘चुनाव रंगले जितिने होइन, आफूले गरेको कर्मको आधारमा जनताले मत दिएर जित्ने हो। बहुमतको सरकारले विगतमा जनताका लागि के–कति कर्म ग¥यो ? फर्केर हेर्नुहोस्। हिजो गरेको कर्मको आधारमा आज र आजको आधारमा भोलिको निर्माण हुन्छ। रोइकराई गरेर जनतामा भ्रम छर्नुको कुनै अर्थ छैन,’ उनले ट्विटरमा लेखेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot