Logo

चिट्ठा परेको भन्दै ठगी गर्ने युवक पक्राउ



काठमाडौं, २६ फागुन । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न एक युवक पक्राउ परेका छन् । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न भएको अभियोगमा मोरङ रंगेली नगरपालिका–६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक संजाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको प्रलोभनमा पार्दै पीडितहरुसँग बैंक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाइल नम्बरमा ओटिपि कोर्ड समेत लिई पीडितको खातामा भएको रकम बिभिन्न ब्यक्तिहरुको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरुमा रकम ट्रान्सफर गरी २ लाख १ हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न धिरेनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय रंगेली मोरङसँग आवश्यक समन्यव गरी पक्राउ गरेको जनाएको छ ।

उनीमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जानकारी दिएको छ।

 



प्रतिक्रिया दिनुहोस्