Logo

थप एक सय १२ जनामा कोरोना संक्रमण



काठमाडौं, २६ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ११२ जना नयाँ संक्रमित थपिएका छन् । ९ हजार ३ सय २८ जनाको परीक्षण गर्दा ११२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज ४ सय २९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ४० रहेको छ ।



प्रतिक्रिया दिनुहोस्