Logo

एमसीसी विरोधीको मोर्चा बन्दै, प्रचण्ड र माधव नेपाललाई धक्का लाग्नसक्ने



काठमाडौं, २६ फागुन । एमसीसी विरोधी कम्युनिस्ट शक्तिको मोर्चाबन्दीको प्रयास चलिरहेको छ । उनीहरुको बाक्लो बैठक बस्न थालेको छ ।

एमसीसी विरोधी गतिविधि बढाएका नेत्रविक्रम चन्द विप्लवको दौडधूप चलि नै रहेको छ । उनले एमसीसीविरोधी झलनाथ खनाल, डा. भीम रावल, नारायणकाजी श्रेष्ठ, नारायणमान विजुक्च्छेलगायतका नेतालाई भेटिसकेका छन् ।

विप्लवसहितका नेताहरु २५ फागुनमा हरिसिद्धिमा भेला भई छलफल गरेका छन् । जसमा प्रकाण्ड र कृष्णबहादुर महरा समेत थिए ।

एमसीसीविरोधीको मोर्चाबन्दी गरेर बलियो शक्ति बनाउने अभियानमा विप्लव लागेका छन् । एमाले, माओवादी र नेकपा एसबाट समेत नेताहरुलाई तानेर अलग मोर्चा बनाउने प्रयासले गति लिएको हो ।

मोर्चा बनाउने सफलता हासिल भए एमाले, माओवादी र नेकपा एस समेतलाई धक्का लाग्न सक्छ । सबैभन्दा ठूलो धक्का माओवादीलाई लाग्न सक्छ । एमसीसी अनुमोदन गरेको भन्दै माओवादीभित्र नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङलगायत नेता असन्तुष्ट छन् ।

नेकपा एसमा झलनाथ खनाल असन्तुष्ट छन् । एमालेमा भीम रावल खुला रुपमै एमसीसी विरोधी हुन् । यसरी एमसीसी विरोधीको मोर्चा बन्ने प्रयास चलिरहँदा प्रचण्ड र माधव नेपाल सतर्क भएका छन् ।



प्रतिक्रिया दिनुहोस्