Logo

केन्द्रीय सदस्यमा मनोनित भएपछि वलीद्धारा नेतृत्वप्रति आभार प्रकट



काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र) का युवा नेता शिव वली पार्टीको केन्दिय सदस्यमा मनोनित भएका छन् । उनले आफूलाई केन्द्रीय सदस्यको लागि सिफारिश गर्ने सुदुरपश्चिम प्रदेशका आदरणीय नेता कम्रेड र चयन गर्ने केन्द्रीय नेतृत्व र कमिटी प्रति हार्दिक आभार प्रकट गरेका छन् ।

हालै काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले वलीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । वलीले सामाजिक सञ्जाल फेशबुकमार्फत पार्टीमा अहिले पाएको जिम्मेवारीलाई खरो रुपमा उपयोग गरिने विश्वास दिलाएका छन् । उनले लेखेका छन्-“नेकपा (माओबादी केन्द्र) को केन्दिय सदस्यमा सिफारिस गर्ने सुदुरपश्चिम प्रदेशका आदरणीय नेता कम्रेड र चयन गर्ने केन्द्रीय नेतृत्व र कमिटी प्रति हार्दिक आभार प्रकट गर्दछु ! साथै बिभिन्न माध्यम बाट बधाई तथा सुभकामना ब्यक्त गर्नुहुने सम्पुर्ण कम्रेडहरु , आदरणीय जनसमुदाय , आफन्तजन , पृय साथीहरु सबैमा हार्दिक धन्यवाद !! देश र जनसमुदाय प्रति निष्ठावान् भै राजनीतिक रुपमा अगाडि बढ्न तपाईंहरुको सुभेच्छाले थप उत्साहित बनायको छ !”



प्रतिक्रिया दिनुहोस्