Logo

केजरीवालको ‘चुनावी सुनामी’ ले पञ्जाबमा हस्तीहरु हारे



एजेन्सी, २६ फागुन । भारतको पञ्जाब राज्यको विधानसभामा अरविन्द केजरिवाल नेतृत्वको दल आम आदमी पार्टी प्रचण्ड बहुमतका साथ जितेको छ । सबै सिटको मतगणना नसकिदै आपले प्रचण्ड बहुमत ल्याइसकेको छ ।

कुल ११७ सिटमध्ये आपले ९० भन्दा बढी सिट ल्याउने निश्चितप्रायः छ । केजरिवालले पञ्जाबको चुनावमा सुनामी नै ल्याइदिएका छन् । त्यहाँ बहालवाला र पूर्व मुख्यमन्त्रीहरु पराजित भएका छन् ।

पराजित भएकामा वर्तमान मुख्यमन्त्री चरणजीन सिंह चेन्नी पनि छन् । कँग्रेस आईका नेता चेन्नी दुईवटा सिटबाट चुनाव लडेकोमा दुवैमा पराजित भए ।

पञ्जाबका पूर्वमुख्यमन्त्री क्याप्टेन अमरिनदर सिंह पनि पराजित भएका छन् । पञ्जाब लोक कँग्रेसका नेता उनी आपका उम्मेदवार अजित पाल सिंहबाट पराजित भए ।

पञ्जाबका पूर्वमुख्यमन्त्री प्रकाश सिंह बादल पनि पराजित भएका छन् । उनका छोरा पूर्व उपमुख्यमन्त्री सुकविर सिंह बादल पनि पराजित भएका छन् ।

कँग्रेस आईका नेता समेत रहेका पूर्व क्रिकेटर नवजोन सिंह सिन्धु पनि पराजित भएका छन् । उनी अमृतसर पूर्वको सिटबाट आपका जीवन ज्योत कौरबाट पराजित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot