काठमाडौं, फागुन २७। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सम्पूर्ण शक्ति आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत गर्ने भएको छ ।
बिहीबार काठमाडौंमा सम्पन्न एकीकृत समाजवादीको तेस्रो पूर्णबैठकले आफ्नो सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको हो ।
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रीय कमिटीको बैठकमा आगामी निर्वाचन विस्तृत छलफल गर्दै पार्टीको गतिविधि निर्वाचन केन्द्रीय गर्ने बताए ।
‘पार्टीको सम्पूर्ण शक्ति आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रीत गर्छौं । पालिका, वडादेखि टोल–टोलमा कमिटी गठन विस्तारलगायतका काम गर्ने निष्कर्ष केन्द्रीय कमिटीको बैठकले निकालेको छ’ प्रवक्ता खतिवडाले भने ।
अगामी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जाने निष्कर्ष समेत बैठकको छ । सत्तारूढ दलबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने छलफल भएको उनले बताए । गठबन्धनमा छलफलका लागि शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ । राजधानी दैनिकबाट