Logo

तीनै तहमा प्रतिनिधित्व गर्ने दलसँग संवाद गर्दै आयोग



काठमाडौं, फागुन २७ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणा भएपछि भएका प्रगति र आगामी रणनीति छलफल गर्न संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई बोलाएको छ ।

स्थानीय तह निर्वाचन घोषणा भएको २४ फागुनमा एक महिना पुगेको छ । आयोगले सो अवधिमा भएका काम, अबको तयारी र आसन्न निर्वाचनमा दलहरूको भूमिका छलफल गर्न बिहीबार ११ बजेका लागि स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व गर्ने दलहरूलाई बैठकमा बोलाएको हो ।

बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई डाकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । ‘आयोगले स्थानीय तह निर्वाचनका लागि सम्पन्न गरेका काम र अबको तयारी’दयगत जानकारी दिन दलहरूलाई छलफलमा बोलाएको हो,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।

स्थानीय तहको निर्वाचनमा सहभागी हुन ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । आयोगमा दर्ता कायम भएका १ सय ११ दलमध्ये ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् ।

ती दलका सम्बन्धमा आयोले जाँचबुझ अन्तिम चरणमा पु¥याएको र आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूको नाम सार्वजनिक गर्ने आयोगको तयारी रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot