Logo

गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन माग



काठमाडौं, फागुन २७। गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ।

आज सूचना प्रकाशित गरेर मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिहरूले आवेदन दिन सक्ने जनाएको छ। पत्रकारितामा ७ वर्ष अनुभव भएको र स्नातक गरेको हुनुपर्दछ।

सात दिन भित्र इच्छुकहरूले मन्त्रालयमा आवेदन दिन सक्नेछन्। पत्रकारिता आचारसंहिता उलंघन नगरेका व्यक्तिले आवेदन दिन सक्नेछन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot