Logo

आगलागीमा परेर ताप्लेजुङमा एक वृद्धाको मृत्यु



ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ४ कोप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । आगलागीमा परेकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो।

आगलागीमा परेर ६७ वर्षकी चुलीमाया लिम्बूको मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । आज बिहान ७ः३० बजेबाट सुरू भएकोआगलागीले एउटा घरमा पूर्णरुपमा जलेको छ भने अर्काे घरको आधा जलेको प्रहरीले जनाएको छ । हाल आगलागी नियन्त्रण भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot