विपिन देवः युद्ध र तानाशाही शासन व्यवस्थामा अन्तरंग सम्वन्ध हुन्छ । हरेक तानाशाहले जनताको भावनालाई आफ्नो शासन सत्तालाई पू‘जीकृत गर्न उग्र राष्ट्रवादको भाष्य निर्माण गर्दछ । खास अर्थमा चीनका राष्ट्रपति सी र रसियाका राष्ट्रपति पुटिनले आफ्नो देशको पूरानो नक्सालाई प्रत्यारोपण गर्न सैनिक र सामरिक तयारी गर्न कुनै कसर वॉकी राखेको छैन । रसिया साम्राज्यका भावनावेषलाई समाहित गर्न ओतप्रोत भएका पुटिनले सन् २०१४ मा क्रिमियालाई आफ्नो चपेटा लिए पछि युक्रेनलाई निल्न उकुसमुकुस भइरहेकै अवस्था थियो । अर्को तर्फ युक्रेनको सामीप्यता र निकटता यूरोप र अमेरिकासंग सघन भइरहेको अवस्था थियो ।
सोभियत विघटनका साथ युक्रेन आफ्नो असमिता र पहिचानलाई पृथक बनाउन युरोपसंग हातेमैलो गरिरहेको अवस्था थियो । तर पुटिनलाई युक्रेनको नीति स्वीकार्य थिएन । पुटिनको मानसपटलमा युक्रेन रसियाको एउटा भूभाग नै थियो । यही परिवेशमा अमेरिका र यूरोपेली युनियनको दबाबका बाबजुद पनि पुटिनले सैनिक कारबाही गर्दै युक्रेन माथि आक्रमण गरेका छन् । युक्रेनका जनता र सरकारले युद्धलाई स्वीकार गर्दै दुई सातादेखि लडिरहेको अवस्था छ । सँसार ध्रवीकृत अवस्थामा छ । युक्रेन माथि भइरहेको बर्बरता र निर्मम दमन प्रति मानव संवेदना र सहानभूति संसारका छापाखानाहरूले सार्वजनिक गरिरहेको छ ।
वर्तमान परिवेशमा चीन र भारतले युक्रेनको मुद्दामा असंलग्नता जाहेर गरेको छ । खास गरेर सुरक्षा परिषदमा आफ्ना तटस्थता जाहेर गरेका छन् । पश्चिमा जगतमा भारतको तटस्तालाई केहि छापाखानाहरूले निन्दा गरेका छन् । हिन्दमाहासागरीय क्षेत्रमा भारत अमेरिका लगायत पश्चिमा शक्तिहरूको सहयात्री हुनु, क्वाड (जापान, अमेरिका, भारत र अस्टे«लिया)को सदस्य हुनु र साथै अमेरिकी नेतृत्वमा गठन भएको नयॉ क्वाड (इजरायल, यु.एई, अमेरिका र भारत) को सदस्य हुनु जस्ता परिघटनाले परिश्चमा जगतले अमेरिकी नेतृत्वको नेटो गठबन्धन भारतको सक्रिय सहयोगको अपेक्षा गरेको थियो अमेरिकी एसिटेन्ट सेकरट्री ऑफ स्टेट डोन लु ले भारतको सहयोग र सहभागिताको अपेक्षा अमेरिकी सेनेटको सम्वोधनमा नै प्रष्ट पारेका थिए । तर भारतको अवस्था र अडान फरक देखिन्छ । एका तर्पm अमेरिकासंग भारतको व्यापार १६० बिलियन भन्दा माथि छ भने रसियसँग १० विलियन अमेरिकी डलरको व्यापार मात्र देखिन्छ । कूटनीति वास्तवमा अंकगणितीय खेल मात्रै होइन ।
भारत लगभग ३ ट्रिलियन अर्थ व्यवस्था भएको देश हो भने वर्तमान अवस्थामा रसिया १.६ ट्रिलियन भएको मात्र देश हो । तर रसियाले भारतको ६०५ देखि ७०५ सम्म हतियार र उपकरणहरू भारतलाई वेच्ने गर्दछ । अर्थात् भारतको हतियार निर्भरताले गर्दा भारतले रसियालाई चिढाउन सक्ने अवस्था छैन । सन् २०२० मा ग्लवान पाटीमा चीनसंग तनाव वढ्ने वित्तिकै भारतका रक्षा मन्त्री राजनाथ सिंहले रसिया यात्रा गरेका थिए । भनाइको अर्थ सामरिक तनावको अवस्थामा रसियावाट सैन्य उपकरणहरूको निर्यातमा कुनै सिसिमको कटौती नहोस भने भारतको रणनीति थियो । अर्को तर्फ इतिहासको रहेक आरोह र अवरोहमा तत्कालिन सोभियत रुसले भारतलाई मद्दत गरेको इतिहास प्रति भारत सचेत रहेको अवस्था छ । हुनतः यस तर्क माथि जानकारहरू पृथक अवधारणा रहेको छ ।
भारतका सामरिक जानकार डा. राजामोहनले प्रष्ट भनेका छन् कि इतिहासको उदाहरणले वर्तमान कूटनीति परिचालित हु‘दैन । सन् १९६२ को चीन र भारतको बीच भएको युद्धमा सोभियत रुसले तटस्थता देखाएको थियो भने सन् १९६५ मा भारत र पाकिस्तानका बीचमा भएका युद्धमा सोभियत रुसले तटस्थता देखिएको थियो । तर सन् १९७१ को भारत पाकिस्तान युद्ध ताका वंगलादेशको जन्म भएको वेला सोभियत रुस भारतका पक्षमा उभिएका थिए । वर्तमान परिवेशमा विश्व राजनीति परिर्वतित भएको छ । अफगानीस्तानको मुद्दामा रसिया चीन र पाकिस्तान एक साथ उभिएको छ । भर्खरै पाकिस्तानका प्रधानमन्त्री इमरान खानको रसिया यात्राले पाकिस्तान र रसियाको सामिप्यतालाई उजागर गरेको अवस्था छ ।
पाकिस्तान नेटोको सदस्य भएता पनि रसियाको पक्षमा उभिएको अवस्था छ । रसिया, चीन र पाकिस्तानको त्रिकोणात्मक सम्वन्धले भारतको सुरक्षा संवेदनशिलतामा असर पु¥याउन सक्दछ । यस प्रतिकुल अवस्थामा रसियासंगको सम्वन्धलाई उच्च प्राथमिक्तामा राख्नु भारतीय कूटनीतिको अर्जुन दृष्टि रहेको छ । हुनतः शक्तिकेन्द्रहरूको सम्वन्धमा उत्तार र चढाव हुनु कूटनीतिको नियम नै हो । सन् १९५२ देखि सन् १९५९ सम्म कोरियाको मुद्दामा अमेरिका र चीन एक अर्काका कटर शत्रु भएता पनि सत्तरीको दशकमा चीन र अमेरिका नजिक भए । चीनिया अर्थतन्त्रले अमेरिकी पू‘जी र प्रविधिलाई प्रचूर रुपमा प्रयोग गरेर सार्मथ्यवान भई फेरि अमेरिकालाई चुनौती दिइरहेको अवस्था छ भने चीन र सोभीयत रुसको सम्बन्ध पनि पृथक छैन ।
सन् १९५० ताका चीन र सोभियत रुसको विच मित्रताको सम्झौता भएता पनि ६० र ७० को दशकमा दुई मुलुकहरू विच कटुता वढेको थियो । तर वर्तमान अवस्थामा रसिया चीनको सहयात्री भइरहेको छ । खास गरेर चीनका छापाखानाहरूले रसियाका पक्षमा वहस गरिरहेको अवस्था छ । युक्रेन वलियो हुन वित्तिकै चीनको सिन्ज्याङ र तिब्वतमा मानव अधिकार र प्रजातन्त्रको हुरी बतास आउने आशंका चीनको रहेको छ । उक्त उद्देश्यलाई मध्य नजर गर्दै चीनिया छापाखानाहरू युक्रेनको विपक्षमा भाष्य निर्माण गर्दै छ । अर्को तर्फ प्रजातान्त्रिक वातावरण्मा रहेका भारतीय छापाखानाहरूले युक्रेनको पक्षमा भाष्य निर्माण गरिरहेको अवस्था छ । वास्तवमा अमेरिका र सोभियत रुसले इतिहासको हरेक आरोह र अवरोहमा हस्तषेपकारी नीति अंगिकार गरेको इतिहास रहेको छ । अमेरिकाले कोरिया, भियतनाम लिविया, सिरिया, इराक र अफगानिस्तानमा सैनिक हस्तक्षेप गरेको इतिहास छ भने सोभियत रुसले पनि चेकोस्लाभिया, भीयतनाम, जर्जिया, अफगानिस्तान, बालटिक राज्य र युक्रेनमा सैनिक हस्तक्षेप गरिरहेको इतिहास छ । कुनै पनि मुलुकले पक्ष र विपक्षमा वोल्न आफ्नो सुरक्षा र स्वार्थलाई अगाडि राखेको कारणले नै गर्दा भारतीय कूटनीतिले अमेरिकी र यूरोपेली युनियनको पक्षमा मतदान गरेका छैन ।