काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश माओवादीको इशारामा चलिरहेको दाबी गरेका छन् । उनले अहिलेको राजनीतिक प्रणाली माओवादीले ल्याएको भन्दै राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिका पनि माओवादीमा रहेको दाबी गरे ।
आज सुर्खेत विमानस्थलमा पत्रकारहरुको प्रश्नमा उनले देशमा माओवादीको एजेन्डा चलिरहेको तर्क गरे । गठबन्धन बनाउन आफूले महत्वपूर्ण भूमिका निभाएकाले कसैले भत्काउन नसक्ने बताए । उनले भने,‘आउँदो निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ एमसीसी पारित भएपछि गठबन्धन अझ बलियो भएको बताए ।
प्रचण्डले माओवादी अहिले पनि निर्णायक शक्ति भएको दाबी गरे । तीनै तहको चुनावमा पनि माओवादी निर्णायक शक्ति भएकाले देशको राजनीतिलाई चाहेको बाटोमा लान सक्ने बताए ।-File Photo