Logo

एनआरएनए निर्वाचनमा उम्मेदवारी दिने आज अन्तिम दिन, पछि हटे आचार्य



काठमाडौं, फागुन २७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन रहेको छ ।

निर्वाचन समितिका अनुसार यही मार्च २४ र २५ तारिख हुने निर्वाचनको लागि हालसम्म ४० जनाभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन समितिका अनुसार बिहीबार बेलुकासम्म अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा बद्री केसी (रुस) र रविना थापा (थापा)ले उम्मेदवारी दर्ता गरेका छन्।

अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य लेभने उम्मेदवारी दर्ता नगरेपछि चुनावी रेसबाट बाहिर जाने संकेत गरेका छन्।मनोनयन दर्ताको समय आज शुक्रबार ५ बजेसम्म तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्