Logo

निर्वाचन आयोगमा यसरी कड्किए विश्वेन्द्र पासवान, सबै दललाई समान व्यवहार गर्न आग्रह



काठमाडौं, २७ फागुन । बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री विश्वेन्द्र पासवानले केही दलहरुलाई मात्रै ‘राष्ट्रिय दल’ को मान्यता दिइनु गलत रहेको बताएका छन् । स्थानीय निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै पासवानले यस्तो बताएका हुन् ।

उनले भने,‘कांग्रेस, एमाले, माओवादी लगायतका केही दल राष्ट्रिय हुने र अरु दल अराष्ट्रिय हुने हो ? उनले दलले राष्ट्रिय दलको मान्यता पाउनुपर्ने, उम्मेदवारले गर्ने खर्चको सीमा घटाउनुपर्ने लगायतको माग राखेको बताए ।उनले हिम्मत छ भने सबै दललाई समान रुपमा व्यवहार गर्न पनि आयोगलाई सुझाव दिए ।

उनले भने,‘लोकतन्त्र बचाउनको लागि आयोगले सबै दललाई समान रुपमा व्यवहार गरोस, होईन असमान व्यवहार गर्नुहुन् भने तपाईँहरुले गराउने निर्वाचन ज्ञानेन्द्र शाहले गरेको भन्दा कुनै फरक हुँदैन् भनेका छौं । ‘आयोगले विभिन्न विषयमा छलफल गर्ने भनेर बोलाएको रहेछ । हामीले पनि आफ्नो कुरा राख्यौं । चार वटा पार्टी राष्ट्रिय हुने अरु चै नहुने कुराको विरोध गर्यौं । उम्मेदवारले बढी खर्च गर्न नपाउने गरी आचारसंहिता ल्याउन माग गर्यौ।’

https://www.facebook.com/RishiDhamalaOfficial/videos/497165408478254



प्रतिक्रिया दिनुहोस्