Logo

आज थप ७७ जनामा संक्रमण पुष्टि, एक जनाको निधन



काठमाडौं, २७ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ७ हजार ९८१ नमुना परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । त्यस्तै आज १८२ जना संक्रमण मुक्त भएका छन् । यो निको हुने दर ९८ दशमलव २ प्रतिशत हो ।

यसैगरी, आज एक दिनमा २६ हजार १९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । आज एक जनाको संक्रमणबाट मृत्युभएको हो । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्