Logo

पुटिनद्वारा ‘विदेशी लडाकु’ भर्तीको तयारी



एजेन्सी, २७ फागुन । रुसले युक्रेनमाथिको आक्रमणमा विदेशी नागरिकलाई पनि सहभागी गराउने तयारी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरिया र अन्य देशहरुबाट ‘स्वयंसेवी लडाकु’ ल्याउने प्रस्तावलाई समर्थन गरेको अलजजिराले लेखेको छ ।

रुसका रक्षामन्त्री सेरगेई सोइगुले युक्रेनविरुद्ध लड्न १६ हजारभन्दा बढी स्वयंसेवी आवेदन प्राप्त भएको जनाएका छन् । उनीहरुमध्ये अधिकांश मध्यपूर्वका रहेको र भर्ती गरिने जनाइएको छ ।

आवेदकहरुमध्ये धेरैजसो रुसी फौजले आतंकवादी संगठन आइएसविरुद्ध लड्दा सहभागी थिए । क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले सम्भावित भर्ती सिरियाबाट हुनेछ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot