Logo

स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई खर्चको ‘सिलिङ’



काठमाडौं, फागुन २८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकम’ सीमा ‘सिलिङ’ तोकेको छ ।आयोगले शुक्रबार स्थानीय तहको निर्वाचनका सन्दर्भमा गरिएका काम र प्रगति जानकारी दिन भन्दै डाकेको सर्वदलीय बैठकमा दलहरूलाई उम्मेदवारको खर्च सीमा जानकारी दिएको हो । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदै छ ।

आयोगका अनुसार स्थानीय तहअन्तर्गतको सबैभन्दा ठूलो निकाय महानगरपालिकाको प्रमुख वा उपप्रमुखका उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउनेगरी सीमा तोकिएको छ ।

यसैगरी, उपमहानगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले बढीमा ५ लाख ५० हजार र नगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवारले बढीमा ४ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ ।

आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्षले बढीमा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेगरी सीमा तोकेको छ । त्यस्तै, महानगरका वडाध्यक्ष वा सदस्यका उम्मेदवारले बढीमा ३ लाख र उपमहानगरका वडाध्यक्ष वा सदस्यका उम्मेदवारले बढीमा २ लाख ५० हजार रुपैयाँ खर्च गर्न गर्न पाउनेगरी सीमा निर्धारण गरिएको छ ।

यसैगरी, नगरपालिकाका वडाध्यक्ष वा सदस्यका उम्मेदवारले बढीमा २ लाख र गाउँपालिकाको वडाध्यक्ष वा सदस्यका उम्मेदवारले बढीमा १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot