Logo

चे ग्वेभारालाई गोली हान्ने सैनिकको निधन



एजेन्सी। विश्व कम्युनिष्ट आन्दोलनका चर्चित नेता चे ग्वेभारालाई गोली हान्ने बोलिभियाका सैनिक मारिनो तेरानको निधन भएको छ। उनको ८० वर्षको उमेरमा बिहीबार मृत्यु भएको हो।

उनले सन् १९६७ को अक्टोबर ९ मा ग्वेभारालाई गोली हानेका थिए। त्यतिबेला ग्वेभारा जम्मा ३९ वर्षका थिए।अर्जेन्टिनाको रोसारियोमा सन् १९२८ जुन १४ मा जन्मिएका ग्वेभाराको क्युबाली क्रान्तिमा ठूलो योगदान थियो।

क्युबापछि उनी बोलिभियामा पनि क्रान्ति गर्न गएका थिए। उनी नेता मात्र नभई एक असल डाक्टर, लेखक, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot