Logo

उर्पेन्द्रले छोरा अमरेन्द्रलाई मेयर उठाउने तयारी गरेपछि सरावगी एमालेमा



काठमाडौं, २८ फागुन । वीरगञ्जका महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गर्नुले राजनीतिवृत्तमा तरंग आएको छ । जसपासमेत रहेको सत्ता गठबन्धन स्थानीय चुनावमा तालमेल गर्ने भद्र सहमति भइसक्दा पनि सरावगीले पार्टी छाडेपछि तरंग आएको हो ।

सत्ता गठबन्धनमा काठमाडौं, ललितपुर र विराटनगर नेपाली काँग्रेसले, भरतपुर माओवादीले, पोखरा नेकपा एकीकृत समाजवादीले र वीरगञ्ज जसपाले उम्मेदवार उठाएर तालमेल गर्ने भद्र सहमति भएको चर्चा थियो । तर, बहालवाला मेयर नै गठबन्धनको घटक जसपा छाडेर एमालेमा लागेका छन् ।

विश्वस्त स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई विराटनगरको मेयरमा अगाडि बढाउने तयारी गरेका थिए । अमरेन्द्रले पनि त्यसका लागि तयारी गर्न थालेका छन् । बरु वीरगञ्जमा नेपाली काँग्रेसका लागि मेयर छाडेर उनले विराटनगरमा छोराका लागि सिट सुरक्षित गर्ने रणनीति बनाए ।

अमरेन्द्र ३१ वर्षका भए । उनी जसपाको विराटनगर अध्यक्ष बनाइएका छन् । उनले २०७० को चुनाव लडेपनि हारेका थिए । यसपटक भने मेयर बन्ने तयारीका साथ सक्रिय भइसकेका छन् ।

उपेन्द्रको तयारीको सूचना पाएपछि सरावगी वीरगञ्जमा एमालेबाट फेरि मेयर लड्ने भद्र सहमति गरेर प्रवेश गरेको बुझिएको छ । विराटनगरमा जसपाले मेयर लिएमा वीरगञ्जमा काँग्रेसले पाउने निश्चित नै छ ।

सरावगी एमाले प्रवेश गरेपछि जसपाले उनको मेयर पदबारे कस्तो निर्णय लिन्छ चासो बनेको छ । उनको एमाले प्रवेशले जसपालाई ठूलै धक्का लागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot