Logo

तरुण दल केन्द्रीय तदर्थ समितिको सचिवमा पोख्रेलको चर्चा



काठमाडौं, २८ फागुन । नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले सबै भात्री संगठनहरु भङ्ग गरि तदर्थ समिति गठन गर्ने निर्णय गरिसकेको छ । यसै क्रममा पदाधिकारीदेखि सदस्यसम्मको लागि युवा नेताहरुको होड्बाजी चलेको छ । नेबिसंघमा ३२ बर्शे उमेर हद छ भने तरुण दलमा ४५ बर्ष कायम गरेको छ ।

तरुण दलमा निकै लामो समय वडा तहदेखि क्षेत्रसम्म सक्रिय भएर देशैभरिको तरुणहरुमा चिरपरिचित नाम हो दिपेन्द्र पोखरेल । उनी काठमाडौ क्षेत्र न .२ को तरुण दल क्षेत्रीय सदस्य हुन । बेला बेलामा मिडियामा तार्किक अन्तर्वार्ता दिने पोख्रेल अहिले राजनीति बृत्तमा निकै चर्चित छन । पोख्रेल तरुण दल केन्द्रिय तदर्थ समितिको सचिबको लागि चर्चामा छन ।

नेपाल तरूण दलको विधान, २०१०, २०५५, २०५८, २०६१, २०६४ र २०६९ मा संशोधन र परिमार्जित को परिच्छेद ६ को दफा २३ को उपदफा ११ बमोजिम केन्द्रीय अध्यक्षले केन्द्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट दुुई सचिव मनोनित गर्नेछन भनिएको छ । यही एक पदमा पोख्रेलको सम्भावना बलियो बनेर गएको हो ।

तरुण दलको काम कार्वाहीमा पोख्त पोख्रेल उक्त पदमा उपयुक्त ब्यक्ती भनेर नि चर्चा चल्न थालेको छ । बिधानअनुसार पहिला केन्द्रिय सदस्य भएपछि मात्र उनको लागि योबाट खोल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot