Logo

हार्ने जित्ने एकै ठाउँमा भए चुनाव जितिन्छः प्रदीप पौडेल



काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी एकढिक्का भएर अघि बढे आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसैले हराउन नसक्ने बताएका छन् । पार्टीमा केहि आन्तरिक समस्या सतहमा आएपनि त्यस्ता समस्यालाई सुधारेर पार्टीलाई एकढिक्का बनाएर चुनाव केन्द्रीत हुनुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ (ख) स्तरीय चुनाव केन्द्रीत ‘घर घर जाओैं, कांग्रेस जिताऔँ’ अभियानअन्तरगत शनिबार ककनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित्नेहरुले हार्नेलाई पनि समेटेर एकताको भावना प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

उनले आन्तरिक प्रतिस्पर्धालाई सामान्य रुपमा लिँदै हार्नेलाई पनि कार्यक्रमहरुलाई समेट्ने अभ्यास हुन सके पार्टी एकढिक्का हुनसक्ने बताए । तर, अहिले हार्नेको अत्तापत्तो नहुने परिपाटी रहेको औल्याउँदै उनले यसले पार्टी बलियो नहुनतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए ।

कांग्रेस नै मिल्न नसक्दा नै पार्टीले उल्लेखनीय नतिजा ल्याउन नसकेको विगतलाई कोट्याउँदै उनले यसमा सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot