Logo

साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड



साउदी, फागुन २९ । साउदी अरबले आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा संलग्न ८१ जनालाई एकै दिन मृत्युदण्ड दिएको छ । साउदी अरबले यस्तै अपराधमा संलग्न भएको अभियोगमा अहिलेसम्मकै उच्च संख्यामा मृत्युदण्ड दिएको हो । शनिबारको फैसलाले एक दिनमा साउदीमा यस पहिले उच्च रेकर्ड गरिएको मृत्युदण्डको रेकर्ड तोडेको छ ।

यस अघि सन् २०२१ मा कूल ६९ जनालाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड दिइँने सबैलाई घोर अपराध गरेकोमा दोषी ठहर गरिएको साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीले जनाएको छ ।

उनीहरू इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेका आतंकवादी संगठनहरूमा आवद्ध रहेको जनाइएको छ ।

अदालतका अनुसार उनीहरूले महत्वपूर्ण आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएका, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएका वा हत्या गरेका र देशभित्र हतियार लुकाएको अदालतको फैसलामा जनाइएको छ ।

मृत्युदण्ड पाउने ८१ जनामध्ये ७३ जना साउदी नागरिक, सात यमनी र एक सिरियाली नागरिक थिए । मृत्युदण्ड पाएका सबैलाई साउदी अदालतमा मुद्दा लगाइएको थियो र प्रत्येक व्यक्तिको लागि तीन अलग–अलग चरणमा १३ जना न्यायाधीशले मुद्दामाथि सुनुवाई गरेका थिए ।(



प्रतिक्रिया दिनुहोस्

Screenshot