Logo

माधव नेपालविरुद्धको मुद्दा १२औं पटक पेशीमा, फैसला आउला ?



काठमाडौं, २९ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिटहरु आज १२औं पटक पेशी चढेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सांसदबाट हटाउने सम्बन्धी रिट दायर गरेकोमा अझैसम्म अन्तिम फैसला आएको छैन ।

ओलीले माधव नेपालसहित १४ को सांसद पद रिक्त गर्नुपर्ने, नेकपा एसको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटाको यस मामलामा भूमिकाविरुद्ध रिट दायर गरेका थिए । आज न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडाँलको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

अदालतले यसअघि कारण देखाऊ आदेश जारी गरी सक्क कागजात झिकाउन आदेश दिएको थियो । आज पेशी चढेकाले यसबारे फैसला आउनसक्ने चर्चा छ ।

एमालेबाट फुटेर बनेको नेकपा एसमा माधव नेपालसहित १४ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई स्वीकारेका थिए । गत वर्ष हस्ताक्षरकर्तामध्येका कतिपय एमाले सांसद भने ब्याक भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot