Logo

ऋणको भारले टाट पल्टन लागेपछि श्रीलंका अन्तर्राष्ट्रिय मुद्रो कोषसँग सहयोग माग्ने तयारीमा



एजेन्सी, २९ फागुन । श्रीलंका यतिबेला ठूलो आर्थिक संकटमा छ । ऋणको भारले थिचिएर अत्यावश्यक सामाग्रीको आयात सम्म गर्न मुश्किल पर्न थालेको छ ।

रोयर्टर्सका अनुसार श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अर्को महिना सहयोगका लागि कुराकानी गर्ने योजना बनाएको छ । यसको मुख्य कारण श्रीलंकामा सटहीका लागि विदेशी मुद्रोको अभाव हो ।

श्रीलंकासँग अब २ अर्ब ३१ करोड डलर मात्र संचित छ । अहिले तेल, खाद्यान्न र औषधीको आयात समेत मुश्किल पर्न थालेको छ ।

वास्तवमा श्रीलंका चिनियाँ ऋणले थिचिएको छ । बीआरआईका आयोजनाहरु उसले ऋण लिएर अगाडि बढाएको छ । ऋणको ब्याज तिर्न नसक्ने भएपछि श्रीलंकाले चिनियाँ पक्षसँग कुराकानी गरेको छ । श्रीलंकामा विपक्षीले यसलाई मुद्दा समेत बनाएका छन् । चीनलाई त्यहाँका सांसदले ऋणको भारमा पारेको भन्दै असन्तुष्टिसहितको पत्र लेखेको सार्वजनिक भइसकेको छ ।

सन् २००७ यता श्रीलंका आइएसबीको १२ अर्ब ५५ करोड डलर ऋणमा परिसकेको छ । उसले यो वर्ष मात्र ४ अर्ब डलर ऋणको रकम तिर्नुपर्नेछ । जसमध्ये आइएसबीको मात्र १ अर्ब डलर छ ।

श्रीलंका लोडसेडिङको मारमा पर्न थालेकोछ । ग्याँसको अभावले पाउरोटी कारखानाहरु बन्द हुन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot