Logo

सय रुपैयाँको सामानमा भन्सार लगाउन थालेपछि नेपाल भारत खुला सीमा संवाद समूहको आपत्ती



काठमाडौं, २९ फागुन । एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान भारतबाट नेपाल ल्याउँदा भन्सार तिनुपर्ने र नतिरे सामान जफत हुने सरकारको कदमप्रति नेपाल भारत खुला सीमा संवाद समूहले आपत्ती जनाएको छ । संवादका अध्यक्ष राजीव झाले यसलाई परापूर्वकाल देखि चलिआएको बेटी रोटी सम्बन्धमा आघात पुर्याउने कदम भनेका छन् ।

झाले सय रुपैयाँमाथिको सामानमा भन्सार लिने सरकारको कदमबारे भने,‘’परापूर्वकाल देखि नै नेपाल भारत बीच रहेको बेटि रोटी सम्बन्धमा आघात पुर्याउनेगरी गरिएको निर्णय प्रति हाम्रो गम्भीर आपत्ती छ ।’

दुई देशको सीमामा रहेका जनताको नातासम्बन्ध रहेको र कोसेली लाँदा समेत भन्सार तिर्नुपर्ने अवस्था बनाइएको भन्दै आपत्ती जनाए । उनले सरकारकोनिर्णय तत्काल खारेज गर्न भन्दै कडा कदमको चेतावनी पनि दिएका छन् ।

सरकारले भारतबाट नेपालतर्फ विना अनुमति चिनी, तेल आयात गर्न नपाउने, अन्य खाद्यान्न सामाग्री, लत्ताकपडा, भाँडाकुँडाको हकमा भन्सारअनिवार्य तिनुपर्ने व्यवस्था गरेको छ । त्यसबाट सीमा क्षेत्रका जनता समस्यामा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्