Logo

एमालेमा लोकतन्त्र समाप्त भयोः प्रदीप पौडेल



स्याङ्जा, २९ फागुन । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा लोकतन्त्र सकिएको टिप्पणी गरेका छन् ।

कांग्रेस स्याङ्जाको आयोजनामा “घर घर जाऔं, कांग्रेस जिताऔं“ स्थानीय तह निर्वाचन २०७९ केन्द्रित कार्यक्रममा केन्द्रिय प्रतिनिधि एवं कांग्रेसका केन्द्रिय सदस्य पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

पौडेलले नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो रहेको समेत जिकिर गरे ।

नेता पौडेलले स्थानीय तहको चुनावमा उम्मेदवारहरुको टिकटमा केन्द्रका नेताले चाहेर मात्र केही नहुने बताएका छन् । उनले भने,‘स्थानीय तहको चुनावमा टिकटमा केन्द्रका नेताले चाहेर मात्र केही हुँदैन् । वडाले सिफारिस गरेको ३ जना क्षेत्रिय कार्यसमितिले तय गरेको उम्मेदवार नै वडाको अध्यक्षको उम्मेदवार हुन सक्छन् ।’ चुनावमा सबै पदमा कांग्रेसले उम्मेदवार दिने बताए ।

उनले पार्टीलाई मजबुद बनाउन विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले उठाएको मुद्दालाई ध्यान दिनु पर्ने बताए । निर्वाचनमा जनता प्रत्यक्ष नलड्ने भएकोले जनताको प्रतिनिधिहरु कांग्रेसबाट लड्न खोजेको उनको भनाई थियो । मुलुकमा सुशासन कायम राख्ने कांग्रेसको उद्देश्य रहेको पनि उनले स्पष्ट पारे । उनले भने,‘कांग्रेसको सबै साथीहरुको उर्जा पार्टीलाई जिताउन लाग्नुहोस् । म आग्रह गर्छु ’ स्याङ्जामा कांग्रेसको अवस्था कमजोर नभएको नेता पौडेलले दाबी गरे । उनले भने,‘पञ्चायतविरुद्ध लड्दा धेरै स्याङ्जाली नै थिए ।’

चुनाव नजिक आएको भन्दै आफ्नो पार्टीलाई जिताउन कांग्रेसीहरु अलमलिन नहुने उनले तर्क गरे । कम्युनिष्टहरुको हारको कारण नै जनतामाझ झुट बोल्नु हो भन्दै पौडेलले उनीहरुले जस्तो झुट नबोली सत्यको बाटो हिड्नु पर्ने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot