काठमाडौं, २९ फागुन । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाई आगामी चैत २० गते हुने भएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेको हो ।
एमालेले यही विषयलाई लिएर पछिल्लो समय लगातार संसद् अवरुद्ध गरिरहेको छ।