Logo

रुस-युक्रेन युद्धको असरः नेपालमा कालोबजारी, कृत्तिम अभाव देखि व्यवसायीको चेतावनीसम्म



काठमाडौं, २९ फागुन । रुस र युक्रेनबीचको युद्धले विश्वभरको अर्थतन्त्रमा असरहरु पर्न थालेका छन् । पेट्रोलियम पद्धार्थ र प्राकृतिक ग्याँसको मूल्य आकाशिएको छ । खाद्यान्नको पनि मूल्य बढेको छ ।

पेट्रोलियम पद्धार्थको मूल्य बढिरहँदा ढुवानी व्यवसायीले कमिशन बढाउनुपर्ने माग राखिसकेका छन् । ग्याँस ढुवानीकर्ताहरुले पनि भाडा वृद्धिको माग गरेका छन् । यसले बजारमा ग्याँसको कृत्तिम अभावहरु हुन थालेको छ । उपभोक्ताहरु ग्याँसको सिलिन्डर बढीभन्दा बढी भर्न थालेका छन् ।

सार्वजनिक यातायात व्यवसायीले पनि भाडा वृद्धिको माग गरेका छन् । उनीहरुले ७ चैत्रभित्र भाडा समायोजन नगरे ८ चैत्रबाट आफै भाडा वृद्धि गर्ने चेतावनी दिइसकेका छन् ।

बजारमा खाने तेलको मूल्य पनि आकाशिएको छ । व्यवसायीले खाने तेलको मूल्य अझ वृद्धि हुनसक्ने आँकलनका साथ बढीभन्दा बढी आपूर्ति गरेर संकलन गर्न थालेका छन् ।

दैनिक उपभोग्य सामाग्रीहरुको कृत्तिम अभाव सृजना गर्न खोजिएको छ । विशेषगरी रुस र युक्रेनबाट आउने गरेको सूर्यमुखी फूलको कच्चा तेलको अभाव गराएर मूल्य वृद्धि गराउन थालिएको छ । तोरीको तेलको पनि व्यापक मूल्य वृद्धि गरिएको छ । जबकि तोरीको तेल अष्ट्रेलिया र क्यानडाबाट आउने गर्छ ।

दालसहित गेडागुडीको मूल्य पनि वृद्धि हुन थालेको छ । मूल्य वृद्धिका बाबजुद सरकारले नियन्त्रणको उपाय अपनाएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot