Logo

प्रकाश सपूतको म्युजिक भिडियोबारे प्रचण्डले भनेः आवेगमा आउनुपर्ने ठान्दिनँ



काठमाडौं, ३० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपूतले माओवादी द्वन्द्वपछिको विषयलाई लिएर बनाएको म्युजिक भिडियोबारे धेरै विरोध गर्नुनपर्ने टिप्पणी गरेका छन् । धनगढी विमानस्थलमा पत्रकारको प्रश्नमा उनले आफूले भिडियो कार्य व्यस्तताले पूरै हेर्न नपाएको र आवेगमा आउनुनपर्ने समेत बताए ।

त्यसको त्यति धेरै विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन, डिबेट त हुनसक्छ, पत्रकारले प्रकाश सपूतको गीतबारे आइरहेको विवादबाट सोधिएको प्रश्नमा भने । उनले माओवादी सधै डिबेटको विषय बन्ने गरेको र चर्चाहरु भइरहेने बताए । उनले भने, आवेगमा आउनुपर्ने म ठान्दिनँ ।

कसैले आफ्नो अनुभव, अनुभूती अनुसार आफ्नो गीत, कविता, नाटक बनाउन सक्ने भन्दै प्रचण्डले व्यङ्ग्य गरे । यसलाई धेरै चर्चामा ल्याउनु नपर्ने उनको भनाई थियो ।

प्रकाश सपूतको म्युजिक भिडियो पीर अहिले विवादमा परेको छ । उक्त म्युजिक भिडियो युट्युबमा ट्रन्डिङमा छ । भिडियोले माओवादी द्वन्द्वपछि लडाकुहरुको पीडादायक जीवन उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्