Logo

अर्ली इलेक्सनको सम्भावना छैन, एमाले भ्रम फैलाउँदै छः प्रचण्ड



काठमाडौं, फागुन ३० । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका छन् ।

आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले एमालेको अवरोधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेको बेला गठबन्धनभित्र स्थानीय तहको चुनावअघि अर्ली इलेक्सनबारे कुनै छलफल नभएको बताए ।

अब नियमित चुनाव मात्र हुने बताउदै उनले भने ‘एमालेले दुई पटक संसद विघटन गर्‍यो । अहिले संसद चल्न दिएको छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएको छ । त्यो सत्य होइन ।’ ३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भइसकेको र अब सोही अनुसार प्रक्रिया अगाडि बढ्ने उनको भनाई छ



प्रतिक्रिया दिनुहोस्

Screenshot