Logo

बाराक ओबामालाई कोरोना संक्रमण



काठमाडौं, ३० फागुन । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई कोरोना संक्रमण भएको छ।

ओबामाले सामाजिक सन्जाल फेशबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जनाएका छन् ।

उनले आफूलाई केही दिनदेखि घाँटीमा हल्का अप्ठेरो भएको भए पनि अरू अवस्था सामान्य रहेको उल्लेख गरेका छन्।

ओबामाले पत्नी मिसेलको कोरोनाको रिपोर्ट नेगेटिभ आएको पनि जानकारी दिएका छन्।

ओबामाले दम्पतीले कोरोनाविरूद्धको बुस्टर डोज पनि लगाइसकेका छन्।

कोरोना आरोला लागेको भएपनि भ्याक्सिन र बुष्टर डोज लगाउन अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot