Logo

जसपा नेता प्रदीप यावदको कारबाही फुकुवा



काठमाडौं, ३० फागुन । जनता समाजवादी पार्टी (जसपा)का नेता प्रदीप यादवलाई गरिएको कारवाही फुकुवा गरिएको छ। जसपाको गत फागुन १३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई गरिएको अनुशासनको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि गत मंसिर ५ गते केन्द्रीय समितिको बैठकले यादवमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । उनलाई साधारण सदस्यमा सीमित गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot