Logo

प्रकाश सपुतको पीर गीतबारे पूर्व जनमुक्ति सेना महिला प्रतिष्ठानकी अध्यक्ष लिला शर्मा यसो भन्छिन्



काठमाडौं, ३० फागुन। पूर्व जनमुक्ति सेना, महिला प्रतिष्ठानकी अध्यक्ष लिला शर्माले सशस्त्र द्धन्द्धको बेलामा आफूहरुले उत्पीडित महिलाहरुको हकहितको लागि ठूलो योगदान पुर्याएको बताएकी छिन् । उनले आफू २०५४ सालदेखि नै सशस्त्र द्धन्द्धमा होमिएको सुनाईन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले गाउँकै परिवेशअनुसार माओवादी सशस्त्र युद्धमा होमिएको स्मरण गराईन् । उनले आफू ब्यारेकमा आउँदा वाईसिएलमा प्रवेश गरेको पनि बताईन् । उनले जनमुक्ति सेनामा रहेका महिलाहरुको आजको अवस्था दयनीय रहेको सुनाईन् ।

उनले अहिले घाईते तथा अपांगहरुको अवस्था पनि दयनीय रहेको बताईन् । शर्माले प्रकाश सपुतको ‘पीर’ गीतमा अधिकांश कुरा सकारात्मक रहेको भएपनि पूर्व जनमुक्ति सेनामा लागेका महिलाहरुले देह व्यापार गरेर जीवन धानेको भनेर देखाईएकोप्रति आपत्ति जनाईन् । उनले बरु जनयुद्धमा लागेका महिलाहरु गिट्टी कुटेर खाएको सुनाईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot