Logo

पुर्व अध्यक्ष घलेको निर्वाचन समिति पुर्नगठनको कदम विधान र संघको परम्परा विपरित : एनआरएनए



काठमाडौं, ३० फागुन । पुर्व अध्यक्ष शेष घलेले निर्वाचन समिति पुर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्नेबारे गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आपत्ति जनाएको छ । घलेले संघको निर्वाचन समिति पुर्नगठन र छुट्टै सम्मेलन गर्ने भनिएको कदम प्रति एनआरएनएले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष कुमार पन्तले जारी गरेको विज्ञप्तीमा नेपाली संघको निर्वाचन मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबान नै अहिलको समस्या समाधान गर्न सकरात्मक पहल भएको बताइएको छ ।

अन्तराष्ट्रिय समन्वय परिषदको ८२औं बैठकले संरक्षक परिषद् र उच्च स्तरीय समिति भंग गरिसकेको र संघको विधानले पुर्व अध्यक्षहरुलाई कुनै पनि कार्यकारी अधिकार नदिएको अवस्थामा घलेबाट चालिकाएका कदम विधान र संघको परम्परा विपरित भएको समेत एनआरएनएले जिकिर गरेको छ।

वर्तमान जटिल अवस्थामा संघको विधान विपरित निर्वाचन गर्न गराउन खोजी संघलाई विभाजन उन्मुख अवस्थामा पुर्याउन खोज्नु खेदजनक भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्