Logo

सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुने प्रचण्डको खुलासा (भिडिओसहित)



काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा छलफल भइरहेको बताएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रमका लागि आज बिहानै धनगढी आइपुगेका अध्यक्ष प्रचण्डले गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सरकारमा कांग्रेस समेत सहभागी हुने विषयमा गठबन्धनका दलहरुबीच कुराकानी भइरहेको बताएका छन् ।

उनले भने,‘कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो । तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको छ ।’

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको समेत प्रचण्डले जनाए। प्रदेश सरकारको नेतृत्व फेर्ने विषयमा समेत गठबन्धनमा छलफल भएको उनले बताए।



प्रतिक्रिया दिनुहोस्