काठमाडौं, ३० फागुन । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटमा आफ्ना बारे दिएको अभिव्यक्तिलाई झुठा र उदण्डतापूर्ण भनेका छन् । उनले ट्वीट गर्दै देउवाको आलोचना गरेका हुन् ।
उनले देउवाले जनतामा भ्रम चरेर देशहित विरुद्धको कृत्य छोप्ने कुल्सित चाल गरेको आरोप लगाएका छन् ।
रावलले भनेका छन्,’प्रमं देउवाले नुवाकोटमा मेरो बारेमा दिएको अभिव्यक्ति कति झुठा र उदण्डतापूर्ण छ ।’
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावल चर्को स्वरले बोलेको भन्दै दिमाग खुस्किएको टिप्पणी गरेका थिए । उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा बोल्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले पेश गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? भन्दै प्रश्न गरेका थिए,‘किन दिमाग फुस्किएको थियो ?’