Logo

एमाले केन्द्रीय सचिवालय बैठक जारी



काठमाडौं, ३० फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा जारी बैठकमा स्थानीय तहको आगामी निर्वाचनबारे छलफल भैरहेको छ ।

पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा समिक्षा पनि गरिने जनाईएको छ ।

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा हुँदैछ ।

अहिले एमालेले चुनावी अभियानलाई तिव्रता दिएको छ ।

अध्यक्ष केपी शर्मा ओली अब देश दौडाहमा निस्किने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot