Logo

आफ्नै आमाको घनले टाउकोमा हानेर हत्या



नुवाकोट, ३० फागुन । आफ्नै ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आमाको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका–१ नयाँबस्ती बस्ने ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot