काठमाडौं, ३० फागुन । महानगरीय टाफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१ वटा सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
महाशाखामा आज आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १६ वटा मोटरसाईकल र ५ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरेका हुन् ।
करिब एक महिनाको अवधिमा खोज तथा अनुसन्धानका क्रममा बरामत भएका २१ वटा मोटरसाइकल आज सोमबार सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्दै महाशाखा प्रमुख एसएसपी उमेशराज जोशीले विभिन्न कारण सवारी हराउने र चोरी हुने गरेको बताएका थिए ।
Photo By : Mukunda Kalikote/ReportersNepal