Logo

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निर्वाचित सिंहले लिए सपथ (फोटोफिचर)



काठमाडौं, ३० फागुन । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा दोस्रो कार्यकालमा निर्वाचित रवि सिंहले सपथ लिएका छन् । महासङ्घको १२औँ महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि सिंह पूनः निर्वाचित भएका हुन् ।

सिंहले ७६५ मत प्राप्त गर्नुभयो । उनका निकटतम् प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) निर्वाचित भए । सिंहसँगै निर्वाचित नयाँ कार्यसमिति सदस्यहरुले सपथ लिएका छन् ।

यसैगरी एसोसियट उपाध्यक्षमा रामजी पन्त, प्रदेश नं १ बाट मोहनप्रसाद अधिकारी, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खेमराज मल्ल र लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी निर्वाचित भएका छन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा क्रमश स् रत्नबहादुर खड्का र प्रकाशबहादुर सेठी यसअघि नै निर्विरोध भएका महासङ्घका प्रेस सल्लाहकार निर्मल अर्यालले जनाए ।

महासचिवमा रोशन दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उपमहासचिव ९नीतिगत०तर्फ शिवहरि घिमिरे र उपमहासचिव ९आन्तरिक० तर्फ नरहरि थपलिया निर्वाचित भएका थिए । यसैगरी कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः निरान श्रेष्ठ र सन्तोष साह निर्वाचित भएका छन् । निर्वाचनमा एक हजार १८५ मत खसेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्